• २०८३ कार्तिक ९ आइतबार

एनपीएलको तेस्रो संस्करणका विजेताले डेढ करोड पुरस्कार पाउने

एनपीएलको तेस्रो संस्करणका विजेताले डेढ करोड पुरस्कार पाउने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको विजेताले एक करोड ५० लाख रुपैयाँ पाउने भएको छ । 

आइतबार नेपाल क्रिकेट संघ (क्यान) ले पत्रकार सम्मलेन आयोजना गर्दै प्रतियोगिताको विजेताले पाउने रकमबारे जानकारी दिएको हो । 

त्यस्तै, उपविजेताले ८० लाख पाउने छ भने तेस्रो हुनेले ४० लाख र चौथो हुनेले ३० लाख पाउने भएको  छ ।

यसअघि दोस्रो सिजनमा विजेतालाई १ करोड १० लाख रुपैयाँ पुरस्कार दिइएको थियो भने उपविजेताले ५१ लाख नगद पाएका थिए । त्यसैगरी तेस्रो हुने टिमले २५ लाख र चौथो स्थान हासिल गरेको टिमले १५ लाख नगद प्राप्त गरेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै