• २०८३ कार्तिक ९ आइतबार

जुवातास खेलिरहेको अवस्थामा दार्चुलाबाट ८ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा दार्चुलाबाट ८ जना पक्राउ

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका-९ गाजरी बस्ने ४८ वर्षीय केशव विकको घरमा जुवातास खेलिरहेको अवस्थामा केशव समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७१ हजार ७ सय ७५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै