काठमाडौं । दक्षिण भारतीय अभिनेता रजनीकान्त अभिनीत चलचित्र ‘जेलर २’ ले प्रदर्शनको पहिलो आठ दिनमा विश्वभरबाट ६०६ करोड भारु कमाइ गरेको छ ।
यससँगै चलचित्रले तमिल चलचित्र इतिहासमा पहिलो सातामै सर्वाधिक कमाइ गर्ने चलचित्रको कीर्तिमान बनाएको छ ।
नेल्सन दिलीपकुमारको निर्देशनमा बनेको चलचित्रले प्रदर्शनको सुरुवाती तीन दिनमै विश्वभरबाट ३२५ करोड भारुभन्दा बढी कमाइ गरेको थियो । त्यसपछि पनि चलचित्रको कमाइले गति कायम राखेको निर्माण पक्षले जनाएको छ ।
जेलर २ ले भारतीय बक्स अफिसमा ३९१.५५ करोड भारु कमाएको छ भने भारत बाहिर विश्वभर २१४.५ भारु कमाएको छ ।
चलचित्रमा रजनीकान्तको लोकप्रियताले विभिन्न उमेर समूहका दर्शकलाई आकर्षित गरेको छ । घरेलु बजारसँगै अन्तर्राष्ट्रिय बजारमा समेत चलचित्रले राम्रो प्रदर्शन गरेको छ ।
‘जेलर २’ लाई सन पिक्चर्सले निर्माण गरेको हो । पहिलो आठ दिनमा ६०६.०५ करोड भारुभन्दा बढी कमाइ गर्दै चलचित्रले तमिल चलचित्र उद्योगमा नयाँ कीर्तिमान कायम गरेको छ ।









