काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने सम्भावना छ ।
महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ ।
देशका केही पहाडी तथा हिमाली क्षेत्रमा बादल लागे पनि अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहने अनुमान छ । तराईका केही स्थानमा बिहानपख हुस्सु वा कुहिरो लाग्न सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।
नेपालबाट मनसुन बाहिरिसकेको अवस्थामा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।




2026-10-22-05-52-35_1000x584_50.webp)




