काठमाडौँ । साउदी अरबमा साउदी अराम्कोको तेल प्रशोधन केन्द्रमा खसेको ड्रोनका अवशेष लागेर एक नेपाली नागरिकको मृत्यु भएको छ ।
बुधबार भएको घटनामा एक फिलिपिनी नागरिकको पनि मृत्यु भएको छ भने भारतीयसहित दुई जना घाइते भएका छन् ।
साउदी अरबको ऊर्जा मन्त्रालयका अनुसार संयुक्त अरब इमिरेट्सको सीमाना नजिक रहेको शैबाह तेल क्षेत्रमा लक्षित गरी आएको ड्रोनलाई आकाशमै रोकिएको थियो । त्यसपछि खसेका अवशेष तेल केन्द्रमा लाग्दा दुई जनाको मृत्यु भएको हो ।
घटनामा घाइते हुनेमध्ये एक जना भारतीय र अर्का पाकिस्तानी नागरिक रहेको जनाइएको छ ।









