• २०८३ कार्तिक १ शनिबार

सप्तरीमा जग्गाको सिमानाको विवादमा धकेल्दा वृद्धको मृत्यु

सप्तरीमा जग्गाको सिमानाको विवादमा धकेल्दा वृद्धको मृत्यु

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरही टोलमा जग्गाको सिमानाको विषयलाई लिएर भएको विवादमा धकेल्दा एक वृद्धको मृत्यु भएको छ ।

शनिबार बिहान करिब ९ बजे स्थानीय २७ वर्षीय रघुनन्दन राय र ७५ वर्षीय तेतर रायबीच जग्गाको सिमानाको विषयमा विवाद भएको थियो । प्रारम्भिक अनुसन्धानअनुसार विवादका क्रममा रघुनन्दनले धकेल्दा तेतरको घटनास्थलमै मृत्यु भएको हो ।

घटनाबारे स्थानीयले जानकारी गराएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान अघि बढाएको छ ।

घटनामा संलग्न रघुनन्दन रायलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । मृतक तेतर राय यसअघि नै मुटुसम्बन्धी रोगबाट पीडित रहेको बताइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै