काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापाले आज पद तथा गोपनियताको शपथ ग्रहण तथा पदबहाली गर्ने भएका छन् ।
कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार कांग्रेस केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा आज दिउसो २ बजे शपथ तथा पद बहाली कार्यक्रम हुने भएको छ ।
महाधिवेशनको मतगणना शुक्रबार दिउँसो सम्पन्न भएपछि थापाले आज शपथ ग्रहण तथा पदबहाली गर्न लागेका हुन् ।
अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुको शपथ तथा पद बहाली भने दशैँपछि हुने बताइएको छ ।









