• २०८३ असोज ३० शुक्रबार

काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने

काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको खुलामञ्चको संरचनाको मर्मत आफैँले गर्ने भएको छ । 

कांग्रेसले असोज १८ देखि २३ गतेसम्म खुलामञ्चमा महाधिवेशनका कार्यक्रम आयोजना गर्दा क्षति पुगेका संरचना र मैदान पुरानै सुन्दर र हराभरा अवस्थामा फर्काउन आफ्नै खर्चमा नयाँ दुबो रोप्ने तथा मर्मत सम्भार गर्ने भएको हो । 

काठमाडौं महानगरपालिकाको नियम र मापदण्डअनुसार खुलामञ्चलाई पूर्ववत् अवस्थामा फर्काउन कांग्रेसले सेवा प्रदायक संस्था माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिलाई जिम्मेवारी दिएको छ ।  मर्मतसम्बन्धी सम्झौतापत्रमा कांग्रेस महाधिवेशनबाट वरिष्ठ उपसभापतिमा निर्बिरोध निर्वाचित विश्वप्रकाश शर्माको रोहवरमा कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल र माउन्ट एभरेस्ट इभेन्ट्सका प्रतिनिधि थमन भुसालले हस्ताक्षर गरेका छन् । 

सम्झौताअनुसार महाधिवेशनका क्रममा क्षति पुगेका खुलामञ्चभित्रका सम्पूर्ण भागहरूमा भूमि सम्याएर उच्च गुणस्तरको दुबो घाँस रोप्ने र प्राविधिक रेखदेखसहित त्यसको उचित स्याहार गरिनेछ । यस कार्यका लागि लाग्ने सम्पूर्ण आर्थिक भार तथा लागत कांग्रेस स्वयंले व्यहोर्ने सहमति भएको छ ।  पुनर्स्थापनाका लागि ४५ दिनको समय दिइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै