काठमाडौँ । नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज विहिबार नेप्से ४.५६ अंकले बढेर २६२५.८२ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३४९ कम्पनिका एक करोड ३६ लाख २४ हजार ४०७ कित्ता शेयर ४ अर्ब ७१ करोड ७० लाख २८ हजार १०४ मा कारोबार भएको थियो । आज बैंकिंग, उत्पादन, अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज, सबैभन्दा बढी बेनी हाइड्रोको शेयर १४.९८ प्रतिशतले बढेको छ भने नेपाल हिमालायन एभरेष्ट इन्सुरेन्सको शेयर ६.३५ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी एसबीएल डिभेन्चरको शेयर ३ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी कुमारी बैंकको २३ करोड ६१ लाख बराबरको कारोबार भएको छ भनेअपि पावरको २२ करोड ७८ लाख बराबरको कारोबार भएको छ ।









