गुल्मी । गुल्मीको मालिका गाउँपालिका–२, खोलाखर्कमा देवरको कुटपिटबाट गम्भीर घाइते भएकी भाउजुको उपचारका क्रममा मृत्यु भएको छ।
प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका ४६ वर्षीय बलबहादुर खत्रीले आफ्नै ४२ वर्षीया भाउजु लिला खत्रीलाई कुटपिट गरेका थिए। घटनापछि घाइते लिलालाई उपचारका लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेज, प्रभास लगिएको थियो।
२०८३ असोज २८ गते घर लैजाने क्रममा बाटोमा शंका लागेपछि उनलाई गुल्मी जिल्ला अस्पताल, तम्घासमा जाँच गराइएको थियो। चिकित्सकले दिउँसो करिब २ बजे उनलाई मृत घोषणा गरेका थिए।
घटनापछि प्रहरीले कुटपिटमा संलग्न बलबहादुर र उनका ७६ वर्षीय बुबा भक्तबहादुर खत्रीलाई नियन्त्रणमा लिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









