• २०८३ असोज २८ बुधबार

रास्वपाले केन्द्रीय कार्यालयका लागि घर वा जग्गा किन्दै

रास्वपाले केन्द्रीय कार्यालयका लागि घर वा जग्गा किन्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नै स्वामित्वमा केन्द्रीय कार्यालय स्थापना गर्न घर वा जग्गा खरिद गर्ने भएको छ ।

पार्टीको बढ्दो साङ्गठनिक आवश्यकता र दीर्घकालीन संस्थागत स्थायित्वका लागि हालको अस्थायी व्यवस्थापनलाई प्रतिस्थापन गरी स्थायी कार्यालय सञ्चालन गर्ने केन्द्रीय समितिको निर्णयअनुसार घर वा जग्गा खरिद गर्न लागिएको हो ।

प्रवक्ता जगदीश खरेलका अनुसार पार्टीले केन्द्रीय समिति बैठकको निर्णयअनुसार कार्यालयका लागि उपयुक्त घर वा पूर्वाधार निर्माण गर्न पुग्ने जग्गा खरिद गर्न इच्छुक घरधनी तथा जग्गाधनीसँग प्रस्ताव माग गरेको छ ।

रास्वपाले आवागमनका दृष्टिले सहज, पर्याप्त भौतिक पूर्वाधार भएको र कार्यालय सञ्चालनका लागि उपयुक्त वातावरण भएको घर वा जग्गालाई प्राथमिकता दिने जनाएको छ ।

पार्टीले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र इच्छुक घरधनी तथा जग्गाधनीलाई प्रस्ताव पेस गर्न अनुरोध गरेको छ । पार्टीका उक्त जानकारी दिएका हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै