काठमाडौँ । नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदा तथा चाडपर्वका समयमा हुने विद्युतीय कारोबारसम्बन्धी आर्थिक ठगीका घटनाको अनुसन्धान सहज बनाउन सम्बन्धित संस्थाहरूलाई कारोबारको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले सूचना जारी गर्दै भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायक संस्थाहरूलाई यस्तो आग्रह गरेको हो ।
राष्ट्रबैंकले चाडपर्व तथा सार्वजनिक बिदाका समयमा विद्युतीय माध्यमबाट हुने आर्थिक ठगीका घटनाको कारोबार विवरण समयमै उपलब्ध गराउन र शंकास्पद वालेट तथा कारोबारको पहिचान गरि तत्काल रोक्का गरेर अनुसन्धान प्रक्रिया सहजीकरण गर्न भुक्तानी प्रणाली संचालक तथा सेवा प्रदायक संस्थाहरुका जिम्मेवार व्यक्ति तोकी निजको विवरण चौबिसै घण्टा मनिटर हुने साइबर ब्युरोको इमेल ठेगाना cbpillar2@nepalpolice.gov.np मा विवरण पठाउन निर्देशन दिएको छ ।









