• २०८३ असोज २६ सोमबार

बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलमर्मतपछि आजदेखि सञ्चालन

बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलमर्मतपछि आजदेखि सञ्चालन

बागलुङ । कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्‍याएको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पहुँचमार्ग मर्मत गरिएपछि आजदेखि यातायात सञ्चालनमा आएको छ । 

सरकारले बडादसैँअघि नै पुल सञ्चालनमा ल्याउने लक्ष्यसहित अघि बढाइएको मर्मत कार्य पूरा भएपछि यातायात सुचारु भएको हो ।

गत असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले पुलको पर्वततर्फको पहुँचमार्ग कटान गर्दा आवागमन अवरुद्ध भएको थियो । एक सय १४ मिटर लामो पुलको पहुँचमार्गतर्फ करिब ३० मिटर सडकमा क्षति पुगेपछि बागलुङ र पर्वतबीचको नियमित सडक सम्पर्क प्रभावित भएको थियो ।

मालढुङ्गा पुल मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरका लागि महत्त्वपूर्ण सडक सम्पर्क हो । पुल अवरुद्ध हुँदा बागलुङसहित म्याग्दी र मुस्ताङतर्फको आवागमन तथा खाद्यान्न, ग्यासलगायत अत्यावश्यक सामग्रीको ढुवानीमा समेत समस्या परेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै