• २०८३ असोज २६ सोमबार

काँग्रेसमा विनोद चौधरीको विजयप्रति सूर्य थापाको टिप्पणी

काँग्रेसमा विनोद चौधरीको विजयप्रति सूर्य थापाको टिप्पणी

काठमाडौँ । नेकपा एमालेका नेता सूर्य थापाले नेपाली कांग्रेसको उपसभापति पदमा विनोद चौधरी विजयी भएपछि टिप्पणी गर्दै समावेशिताको विषयमा प्रश्न गरेका छन् ।

थापाले कांग्रेसको महामन्त्री पदमा पराजित गुरु घिमिरे र उपसभापति पदका उम्मेदवार जीवन परियारको पराजय तथा विनोद चौधरीको विजयले पार्टीभित्रको अवस्थाबारे प्रश्न उठाएको बताएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै कांग्रेसको ‘२.०’ अभियानका एक नम्बर हस्ताक्षरकर्ता घिमिरे र समावेशी प्रतिनिधित्वका उम्मेदवार परियारको पराजयलाई चौधरीको विजयसँग तुलना गरेका छन् ।

थापाले कांग्रेसको समावेशी अभ्यासप्रति पनि प्रश्न उठाउदै उनले समावेशिताको अभ्यासले आम नेपालीलाई आश्चर्यचकित बनाएको टिप्पणी गरेका छन् ।

‘परिवर्तनको सरिलो धुन भनेर बजाएकोमा झ्यारझ्यार आवाज पो सुनियो,’ थापाले लेखेका छन् । उनले निर्वाचन परिणामलाई लिएर विवेकको मूल्याङ्कन गर्न कठिन भएको उल्लेख गर्दै ‘बिजोग यस्तै अवस्थालाई भनिएको होला’ भन्दै टिप्पणी गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै