• २०८३ असोज २६ सोमबार

नवलपरासीमा बस पल्टिँदा चालक र सहचालकसहित सात जना घाइते

नवलपरासीमा बस पल्टिँदा चालक र सहचालकसहित सात जना घाइते

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४, यस मोड नजिक पूर्व–पश्चिम राजमार्गमा बस पल्टिँदा चालक र सहचालकसहित सात जना घाइते भएका छन् ।

सोमबार बिहान करिब ७:३० बजे काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको सु.प्र.०१–००१ ख २३३० नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएको हो । बसमा करिब ४० देखि ४५ जना सवार रहेकोमा घाइते सातै जनालाई उपचारका लागि चिसापानीस्थित बर्दघाट नगर अस्पताल पठाइएको छ । बस पल्टिने क्रममा सोही दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेटको ट्रक (एचआर ३९ जी २८७६) मा समेत सामान्य ठक्कर लागेको थियो। ठक्करबाट ट्रकको पछाडिको भागमा क्षति पुगेको छ ।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बर्दघाटबाट प्रहरी निरीक्षकको कमान्डमा ट्राफिक प्रहरीसहित ११ जनाको टोली घटनास्थलमा खटिएको थियो । दुर्घटनापछि पनि पूर्व–पश्चिम राजमार्गमा यातायात सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै