• २०८३ असोज २६ सोमबार

अफ्रिकी देश जिबूतीको तटमा डुङ्गा डुब्दा १३९ जनाको मृत्यु, ८४ बेपत्ता

अफ्रिकी देश जिबूतीको तटमा डुङ्गा डुब्दा १३९ जनाको मृत्यु, ८४ बेपत्ता

काठमाडौँ । अफ्रिकी देश जिबूतीको तट नजिकै आप्रवासी बोकेको डुङ्गा डुब्दा १३९ जनाको मृत्यु भएको छ भने ८४ जना बेपत्ता भएका छन् ।

दुर्घटनामा ८४ भन्दा बढीको उद्धार गरिएको छ । डुङ्गामा करिब ३०५ जना सवार रहेको बताइएको छ । अन्तर्राष्ट्रिय आप्रवासन संगठनका अनुसार दुर्घटना अक्टोबर ८ र ९ को मध्यरातमा ओबक सहरको उत्तरतर्फ भएको हो । मृतकमध्ये ५२ पुरुष, ४२ महिला र १५ बालबालिका छन् । उद्धार गरिएका सबै इथियोपियाका नागरिक रहेको संगठनले जनाएको छ ।

बाँचेकाहरूका अनुसार डुङ्गा जिबूतीबाट यमनतर्फ जाँदै गर्दा समुद्रमा पल्टिएको थियो । बेपत्ताको खोजी जारी छ । गरिबी, असुरक्षा र रोजगारीको खोजीमा आप्रवासीहरूले जोखिमपूर्ण समुद्री मार्ग प्रयोग गर्ने गरेका छन् । संगठनका अनुसार सन् २०२५ मा अफ्रिकाबाट यमन जाने मार्गमा ९०० भन्दा बढी आप्रवासीको मृत्यु भएको थियो वा उनीहरू बेपत्ता भएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै