• २०८३ असोज २६ सोमबार

काँग्रेसको खुलातर्फको महामन्त्रीमा पौडेल र राणा विजयी

काँग्रेसको खुलातर्फको महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ । नेपाली कांग्रेसको खुलातर्फको महामन्त्रीमा प्रदीप पौडेल र उदयशमशेर राणा विजयी भएका छन् ।

पौडेलले ४१९४ मत प्राप्त गर्दै विजयी भएका हुन् भने राणाले २३३० मत प्राप्त गरेर विजयी भएका हुन् ।

उनीहरुका प्रतिष्पर्धी डा. सुनिलकुमार शर्माले २२५७ मत प्राप्त गरे भने गुरु घिमिरेले १५१३ मत प्राप्त गरेका थिए । त्यस्तै नैंन सिंह महरले ११३४, शंकर तिवारीले १२३ र डा. सन्तोष उपाध्यायले ९७ मत प्राप्त गरेका छन् ।

त्यस्तै महिलातर्फको महामन्त्रीमा भने डा. डिला संग्रौला विजयी भएकी छन् । संग्रौलाले ३११८ मत प्राप्त गरेकी छन् भने उनकी प्रतिष्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले २८६४ र रीता खनालले ८०४ मत प्राप्त गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै