काठमाडौँ । नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुलातर्फको उपसभापति पदमा डा. चन्द्रकान्त भण्डारीको जित निश्चित भएको छ । मतगणनाको पछिल्लो परिणामअनुसार भण्डारीले प्रतिस्पर्धीभन्दा फराकिलो मतान्तर बनाएपछि उनको जित सुनिश्चित भएको हो ।
जारी मतगणनाको पछिल्लो अपडेट अनुसार भण्डारीले ६ हजार मत गणना सकिदा ३१०६ मत प्राप्त गरेका छन् । भण्डारीपछि मधु आचार्यले १९२० मत पाएका छन् ।
काँग्रेसको १५औँ महाधिवेशनमा खुलातर्फका दुई उपसभापति पदका लागि सात जना उम्मेदवार प्रतिस्पर्धामा छन् । यसअघि सार्वजनिक गरिएको मतपरिणाममा पनि भण्डारीले सुरुदेखि नै अग्रता कायम राखेका थिए ।
खुलातर्फको अर्को उपसभापति पदमा भने मधु आचार्य र अन्य प्रतिस्पर्धीबीच प्रतिस्पर्धा रहेको छ । उपसभापतिको समावेशी समूहमा विनोद चौधरी अगाडी भएपनि उनलाई जीवन परियारले चुनौती दिइरहेका छन् । चौधरीले १६३९ मत प्राप्त गर्दा परियारले १२९९ मत प्राप्त गरेका छन् ।









