• २०८३ असोज २६ सोमबार

काँग्रेसको मतगणना अपडेट: उपसभापति र महामन्त्रीमा कसले कति मत पाए ?

काँग्रेसको मतगणना अपडेट: उपसभापति र महामन्त्रीमा कसले कति मत पाए ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सुस्त देखिएको छ । केन्द्रीय निर्वाचन समितिले दिएको पछिल्लो अपडेट अनुसार ५५०० मत गणना भएको छ ।

पछिल्लो अपडेटअनुसार खुलातर्फको उपसभापतिमा डा. चन्द्र भण्डारीले २८३४ मत प्राप्त गरेका छन् भने मधु आचार्यले १७३२ मत प्राप्त गरेका छन् । त्यस्तै  गोविन्द भट्टराईले १४३५ मत, सुरेन्द्रराज पाण्डेले १३५० मत, पाएका छन् भने धनराज गुरुङले १२६६ मत, दीपक गिरीले ७४४ मत र डा. चन्द्रमोहन यादवले ५०६ मत प्राप्त गरेका छन् । 

त्यस्तै उपसभापति (समावेशी) तर्फ विनोदकुमार चौधरीले १३६९  मतसहित अग्रता लिएका छन् भने जीवन परियारले १२९९ मत, फरमुल्लाह मंसुरले ७९५ मत, सीता गुरुङले ८८४ मत र रञ्जित कर्णले ४२७ मत प्राप्त गरेका छन् ।

त्यस्तै, महामन्त्री (खुला) तर्फको मतगणनामा प्रदीप पौडेलले सबैभन्दा बढी ३१७७ मत प्राप्त गरेका छन् । त्यस्तै, उदयशमशेर राणाले १७९४ मत, सुनिलकुमार शर्माले १७१५ मत, अमरसिंह पुन मगरले ९९५ मत, गुरुराज घिमिरेले ११२० मत, नैनसिंह महरले ८४० मत, शंकर तिवारीले १०५ मत र डा. सन्तोष उपाध्यायले ८१ मत प्राप्त गरेका छन् । 

त्यसैगरी, महामन्त्री (महिला) तर्फ डा. डिला संग्रौला (पन्त) ले २४१८ मत प्राप्त गरेकी छन् भने महालक्ष्मी उपाध्याय (डिना) ले २२२२ मत प्राप्त गरेकी छन् । त्यस्तै रीता खनालले ५६० मत पाएकी छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै