गोरखा । बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित ४९ जनाको नेपाली सेनाले उद्धार गरेको छ ।
नेपाली सेनाका चार वटा हेलिकप्टर तथा स्थलमार्गबाट खटिएको टोलीले अहिलेसम्म ४९ जनाको जनाको उद्धार गरेको हो ।
सेनाका अनुसार अन्य सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरी प्रभावित क्षेत्रमा थप खोज तथा उद्धार कार्य जारी रहेको छ ।









