• २०८३ असोज २५ आइतबार

रुससँग तेल सम्झौता गरेपछि आफ्नै दलभित्र ट्रम्पको विरोध

रुससँग तेल सम्झौता गरेपछि आफ्नै दलभित्र ट्रम्पको विरोध

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग तेल सम्झौता गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयलाई लिएर अमेरिकामा विवाद चर्किएको छ । ट्रम्पकै रिपब्लिकन दलका सांसदले रुसबाट तेल खरिदमा रोक लगाउने विधेयक ल्याउने तयारी गरेका छन् ।

रिपब्लिकन सांसद ब्रायन फिट्जप्याट्रिकले रुसबाट तेल खरिदमा प्रतिबन्ध लगाउने विधेयक ल्याउने घोषणा गरेका छन् । उनलाई रिपब्लिकन सांसद डन बेकनसहित डेमोक्रेटिक सांसदहरूको पनि समर्थन रहेको छ ।

पुटिनसँग टेलिफोन वार्तापछि ट्रम्पले अमेरिका र विश्व बजारमा रुसले तत्काल तीन लाख टन डिजेल आपूर्ति गर्ने घोषणा गरेका थिए । यस निर्णयले रुसमाथि प्रतिबन्ध कडा बनाउनुपर्ने माग गरिरहेका अमेरिकी सांसदहरू असन्तुष्ट बनेका छन् ।

केही सांसदले रुसी तेल खरिदले युक्रेनविरुद्धको युद्ध जारी राख्न पुटिनलाई आर्थिक सहयोग पुग्ने भन्दै आलोचना गरेका छन् । उनीहरूले ट्रम्पले विद्यमान प्रतिबन्धसम्बन्धी कानुन पालना गरे–नगरेको विषयमा पनि प्रश्न उठाएका छन् ।

यद्यपि, अमेरिकी प्रतिनिधिसभाको वर्तमान कार्यकाल जनवरीमा सकिने र नोभेम्बर ३ मा मध्यावधि निर्वाचन हुने भएकाले प्रस्तावित विधेयक पारित गराउन समय सीमित रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै