• २०८३ असोज २५ आइतबार

कांग्रेसको सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना दिउँसो १२ बजेदेखि शुरु हुने

कांग्रेसको सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना दिउँसो १२ बजेदेखि शुरु हुने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना जारी रहेको छ भने

सहमहामन्त्री र केन्द्रीय सदस्यहरुको मतगणना अपराहन्न १२ बजेदेखि शुर हुने भएको छ । 

निर्वाचन समितिका अनुसार सहमहामन्त्री (महिला), सहमहामन्त्री (खुला), केन्द्रीय सदस्य (महिला खुला), केन्द्रीय सदस्य (आदिवासी जनजाति खुला) र केन्द्रीय सदस्य (आदिवासी जनजाति महिला) पदको मतगणना आज असोज २५ गते दिउँसो १२ बजेदेखि पार्टीको केन्द्रीय कार्यालयमा सुरु हुनेछ ।

समितिले सम्बन्धित पदका सबै उम्मेदवारलाई मतगणनाबारे जानकारी गराएको छ । सहमहामन्त्री पदका उम्मेदवारले दुई जना प्रतिनिधि राख्न पाउने व्यवस्था गरिएको छ । केन्द्रीय सदस्य पदका उम्मेदवारको हकमा भने उम्मेदवार स्वयं बाहेक प्रतिनिधि राख्ने व्यवस्था नभएको निर्वाचन समितिले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै