• २०८३ असोज २३ शुक्रबार

पृथ्वी राजमार्गमा आवागमनमा पूर्ण रुपमा रोक

पृथ्वी राजमार्गमा आवागमनमा पूर्ण रुपमा रोक

धादिङ । धादिङको गल्छी नजिकै मछेडीमा ग्यास बुलेट पल्टिनुका साथै गजुरी नजिकै काठमाडौं जानेतर्फ गलौंदीमा सडक भासिएपछि राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रशासन कार्यालयले सडकको आवागमनमा पूर्ण रोक लगाएको छ । 

जिल्ला प्रशासन कार्यालय धादिङले सुचना प्रकाशित गर्दै भनेको छ- 'पृथ्वी राजमार्ग अन्तर्गत गजुरी गाउँपालिका वडा नं ५ गलौंदी क्षेत्रमा त्रिशुली नदिको कटानको कारण सडक भासिन गई समस्या उत्पन्न भएको कारणले गर्दा उक्त राजमार्ग, भएर चल्ने सम्पूर्ण सवारी साधनहरुको आवागमनमा अर्को सूचना जारी नहुँदासम्मको लागि पूर्ण रूपमा रोक लगाईएको व्यहोरा सम्बन्धित सरोकारवालाहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।' 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै