काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दसैँअघि नै उखु किसानलाई अनुदान रकम भुक्तानी गर्न निर्देशन दिएकी छन् ।
मन्त्रालयमा आज बसेको उच्च व्यवस्थापन टोलीको बैठकमा मन्त्री चौधरीले उखु उत्पादन अनुदानसम्बन्धी कार्यविधि स्वीकृत भइसकेकाले किसानको हातमा दसैँअघि नै रकम पुग्ने व्यवस्था मिलाउन निर्देशन दिएकी हुन् ।
आर्थिक वर्ष २०८३/८४ का लागि उखु किसानलाई अनुदान वितरण गर्न १ अर्ब ५० करोड ५० हजार रुपैयाँ निकासा भएको जनाइएको छ ।









