काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ११४ जना घाइते भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश र बागमती प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा ११४ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २८ जना घाइते भएका छन् भने कोशीमा ३३ जना, काठमाडौँ उपत्यकामा ८ जना, सुदूरपश्चिममा १५ जना, बागमतीमा ५ जना घाइते भएका छन् भने लुम्बिनीमा १८ जना, कर्णालीमा ३ जना र गण्डकीमा ४ जना घाइते भएका छन् ।









