• २०८३ असोज २२ बिहीबार

स्टारलिंक बारे मस्कको आरोप भारत सरकारबाट अस्विकार

स्टारलिंक बारे मस्कको आरोप भारत सरकारबाट अस्विकार

काठमाडौँ । भारत सरकारले स्पेसएक्सको स्टारलिंकलाई भारतमा प्रवेश गर्न केही उद्योगपतिले रोकिरहेको भन्ने एलन  मस्कको आरोप अस्वीकार गरेको छ । सरकारले भू–उपग्रहमा आधारित सञ्चार सेवाका लागि तय गरिएका नियम सबै कम्पनीका लागि समान रहेको जनाएको छ ।

मस्कले सामाजिक सञ्जालमार्फत भारतका केही ठूला उद्योगपति आफ्नो एकाधिकार कायम राख्न स्टारलिंकलाई भारत आउन नदिने प्रयास गरिरहेको आरोप लगाएका थिए । उनले कुनै कम्पनी वा उद्योगपतिको नाम भने उल्लेख गरेका थिएनन् ।

सरकारका अनुसार स्टारलिंकसहित भू–उपग्रहमा आधारित सञ्चार सेवा दिन इच्छुक तीनवटै कम्पनीको हाल सुरक्षा परीक्षण भइरहेको छ । सुरक्षा परीक्षण पूरा भएपछि सम्बन्धित कम्पनीले अर्को चरणमा विद्युतीय तरंगको आवंटनका लागि प्रक्रिया अघि बढाउन सक्नेछन् ।

स्टारलिंकले भारतमा २० वटा मुख्य भू–केन्द्र स्थापना गरिसकेको र सयौँ एन्टेना जडान गरेको जनाएको छ । कम्पनीले रिलायन्स जियो र भारती एयरटेलसँग सहकार्यका लागि समझदारीसमेत गरेको छ । महाराष्ट्र, गुजरात र मेघालय सरकारसँग पनि सेवा विस्तारका लागि प्रारम्भिक सहमति भएको छ ।

स्पेसएक्सको परियोजना स्टारलिंकले भू–उपग्रहमार्फत उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउछ । विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रमा इन्टरनेट पहुँच विस्तार गर्न यसको उपयोग हुने अपेक्षा गरिएको छ । भारतमा सुरक्षा र तथ्यांकसम्बन्धी सर्तका कारण यसको सेवा सञ्चालनमा ढिलाइ हुँदै आएको समयमा यो विवाद चर्किएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै