• २०८३ असोज २२ बिहीबार

कांग्रेस महाधिवेशन: सर्यो मतदानको समय, दिउँसो १ बजेदेखि शुरु हुने

कांग्रेस महाधिवेशन: सर्यो मतदानको समय,  दिउँसो १ बजेदेखि शुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज हुने भनिएको मतदानको समय सारिएको छ ।

केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार बिहान १० बजेदेखि सुरु हुने भनिएको मतदान अब दिउँसो १ बजेदेखि सुरु हुने भएको हो ।

१० बजेदेखि शुरु गर्ने भनिएको मतदान प्राविधिक कारणले ढिला भएको निर्वाचन समितिले जनाएको छ । 

काँग्रेसको नयाँ नेतृत्व चयन गर्ने यस मतदानमा महाधिवेशनका ७ हजार २५५ जना प्रतिनिधि सहभागी हुदैछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै