काठमाडौं । अमेरिकाको वासिङ्टनस्थित नेपाली दूतावासले नेपालमा स्वच्छ ऊर्जाको प्रयोग गर्दै जिम्मेवार ढंगले कृत्रिम बौद्धिकता पूर्वाधार विकास गर्ने विषयमा प्रविधि क्षेत्रका प्रतिनिधिसँग छलफल गरेको छ ।
दूतावासमा फायरबर्ड, एनभिडिया र सिलिकन पिक्सका प्रतिनिधिसँग भएको छलफलमा नेपालमा गुणस्तरीय वैदेशिक प्रत्यक्ष लगानी भित्र्याउने तथा नेपालको नवीकरणीय ऊर्जाको उपयोग गरी नयाँ आर्थिक अवसर सिर्जना गर्ने विषयमा कुराकानी भएको थियो ।
छलफलमा नेपालको महत्वाकांक्षी जलवायु लक्ष्यलाई अघि बढाउँदै स्वच्छ ऊर्जामा आधारित कृत्रिम बौद्धिकता पूर्वाधार विकास गर्न सकिने सम्भावनाबारे समेत छलफल गरिएको दूतावासले जनाएको छ ।
प्रविधि क्षेत्रका साझेदारसँग निरन्तर सहकार्य गर्दै नेपालको दिगो विकास र आर्थिक वृद्धिमा योगदान पुर्याउने अवसर खोज्ने दूतावासले जनाएको छ ।
छलफलमा फायरबर्डका प्रमुख कार्यकारी अधिकृत रज्मिग होभाकामियन, कार्यवाहक राजदूत शरदराज अरन र सिलिकन पिक्सका प्रतिनिधि पुकार सी. हमाल सहभागी थिए ।









