• २०८३ असोज २१ बुधबार

तुलसीपुरमा स्कुल बसको ठक्करबाट २ वर्षीय बालकको मृत्यु

तुलसीपुरमा स्कुल बसको ठक्करबाट २ वर्षीय बालकको मृत्यु

दाङ । तुलसीपुर उपमहानगरपालिका–७ गैरापातुमा स्कुल बसको ठक्करबाट एक २ वर्षीय बालकको मृत्यु भएको छ ।

बुधबार बिहान करिब १० बजे गैरापातु झोलुङ्गे पुलस्थित सडकमा लु.प्र.०२–००१ क ०००४ नम्बरको लक्ष्य एकेडेमीको बसले पैदलयात्री बालकलाई ठक्कर दिएको थियो । दुर्घटनामा सल्यानको शारदा नगरपालिका–२ खलंगाका पप्पु नेपालीका छोरा आयन नेपाली घाइते भएका थिए। उनी हाल दाङको तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवामा डेरामा बस्दै आएका थिए ।

घाइते आयनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै