• २०८३ असोज १९ सोमबार

कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु

कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्र सुरु भएको छ । काठमाडौँको खुलामञ्चमा जारी बन्दसत्रलाई हिमाल, पहाड र तराई–मधेस गरी तीन समूहमा विभाजन गरिएको छ ।

बन्दसत्रमा सभापति गगनकुमार थापाको राजनीतिक प्रतिवेदन, महामन्त्री प्रदीप पौडेलको विधान तथा पार्टी सञ्चालनसम्बन्धी प्रस्ताव र उपसभापति विश्वप्रकाश शर्माको समसामयिक प्रस्तावमाथि छलफल हुनेछ ।

कांग्रेसका अनुसार आगामी चार वर्षको पार्टीको कार्यदिशा, सरकार, देशको अवस्था र अन्तर्राष्ट्रिय सम्बन्ध राजनीतिक प्रतिवेदनमा समेटिएको छ । यस्तै, आगामी निर्वाचनमा उम्मेदवार छनोटका लागि नेतृत्व विकास र क्षमता अभिवृद्धिलाई प्राथमिकता दिने प्रस्ताव गरिएको छ ।

महामन्त्रीको प्रस्तावमा पार्टी सञ्चालन, निर्णय प्रक्रिया तथा विभिन्न तहको जिम्मेवारी र संरचना व्यवस्थित गर्ने विषय समेटिएका छन् । वडा, क्षेत्र र जिल्ला तहमा थप पद सिर्जना गर्ने प्रस्ताव पनि गरिएको छ । यद्यपि, यी प्रस्ताव प्रतिनिधिहरूले पारित गरेपछि मात्रै अन्तिम रूप लिने कांग्रेसले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै