• २०८३ असोज १९ सोमबार

काँग्रेस महाधिवेशन: आज बन्दसत्र र उम्मेदवारी दर्ता हुदै

काँग्रेस महाधिवेशन: आज बन्दसत्र र उम्मेदवारी दर्ता हुदै

काठमाडौँ । जारी नेपाली कांग्रेसको १५औं महाधिवेशनको दोस्रो दिन आज बन्दसत्र हुदै छ । खुलामञ्चमा हुने बन्दसत्र विहान ९: १५ बजेदेखि शुरु हुने भएको हो । 

आजको बन्दसत्रमा काँग्रेस सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री प्रदीप पौडेल र कोषाध्यक्ष उमेश श्रेष्ठले प्रतिवदेन पेश गर्ने तालिका रहेको छ । साथै बन्दसत्रमा विधान संशोधनको प्रस्ताव समेत प्रस्तुत हुने बताइएको छ ।

त्यस्तै काँग्रेसको महाधिवेशनको दोस्रो दिन आज दिउसो १ बजेदेखि ६ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता समेत हुने भएको छ ।

यस पटक काँग्रेसको केन्दीय कार्यसमिति २३२ सदस्यीय हुने भएको छ । जसमा एक सभापति, ४ उपसभापति, दुई महामन्त्री, १३ सहमहामन्त्री तथा एक कोषाध्यक्षसहितको पदाधिकारी हुने भएको छ । जसमा ३ सहमहामन्त्री र एक कोषाध्यक्ष बाहेक अन्य पदमा निर्वाचन हुने छ ।

केन्द्रीय निर्वाचन समितिले आज मनोनयन दर्ताको प्रक्रिया शुरु गरेर निर्वाचनका लागि असोज २१ र २२ गतेको मिति तोकेको छ । काँग्रेसले निर्वाचन राष्ट्रिय सभा गृह र प्रज्ञा भवनमा हुने जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै