काठमाडौं । एक्स्ट्रिम इनर्जी ड्रिङ्कले नेपाली राष्ट्रिय क्रिकेट टोलीका ९ चर्चित खेलाडीलाई ‘टिम एक्स्ट्रिम’को सदस्यका रूपमा आबद्ध गरेको छ ।
सम्झौताअनुसार सन्दीप लामिछाने, रोहित पौडेल, सोमपाल कामी, आसिफ शेख, ललित राजवंशी, शेर मल्ल, ईशान पाण्डे, करण केसी र लोकेश बम ‘टिम एक्स्ट्रिम’मा आबद्ध भएका छन् ।
सम्झौतापछि खेलाडीले प्रयोग गर्ने क्रिकेट ब्याटमा एक्स्ट्रिमको लोगो रहनेछ । साथै कम्पनीका विभिन्न प्रवर्द्धनात्मक तथा खेलकुद गतिविधिमा खेलाडीको सहभागिता रहनेछ ।
कम्पनीले नेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन र युवालाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले सहकार्य गरिएको जनाएको छ ।









