• २०८३ असोज १८ आइतबार

तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

तनहुँ । भानु नगरपालिका–१० तल्लो मैदानस्थित हटिया–चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

असोज १८ गते हटियाबाट चिसापानीतर्फ जाँदै गरेको ग १९ प ८०६५ नम्बरको मोटरसाइकल चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक भानु नगरपालिका–१० तल्लो मैदानका ४५ वर्षीय शंकर पाण्डेको पुरानो मेडिकल कलेज, भरतपुरमा उपचारका क्रममा दिउँसो १२: ०१ बजे मृत्यु भएको हो ।

त्यस्तै, मोटरसाइकलमा पछाडि सवार सोही स्थानका ६५ वर्षीय टंकनीति पाण्डेको लमजुङ सामुदायिक अस्पतालमा उपचारका क्रममा बिहान ११: ३५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकल घटनास्थलमै रहेको छ । घटनास्थल प्रहरी बिट कालीमाटी, तनहुँबाट करिब ३ किलोमिटर पश्चिममा पर्छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै