काठमाडौँ । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भूसालले १५औँ महाधिवेशन पदको व्यवस्थापनका लागि मात्र नभएको बताएकी छन् ।
खुलामञ्चमा काँग्रेसको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपसभापति भुसालले महाधिवेशन सबै नेता कार्यकर्ताका लागि आत्मसमीक्षाको अवसर बन्नुपर्ने भन्दै यो पद व्यवस्थापनको लागि मात्र नभएको बताएकी हुन् ।
भुसालले पार्टीलाई थप आन्तरिक लोकतान्त्रिक बनाउने कि नबनाउने भन्ने निर्णय गर्ने अवसर पनि महाधिवेशन भएको बताउदै महाधिवेशनपछि जनताको विश्वास जगाउनका तयार छौँ कि छैनौँ भन्ने जवाफ दिनुपर्ने बताएकी छन् ।









