• २०८३ असोज १८ आइतबार

ओली काँग्रेस महाधिवेशनमा सहभागी नहुने

ओली काँग्रेस महाधिवेशनमा सहभागी नहुने

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओली आज हुने नेपाली काँग्रेसको १५औं महाधिवेशनमा सहभागी नहुने भएका छन् ।

खुलामञ्चमा आज अपराहन्न हुने काँग्रेसको महाधिवेशनमा एमालेबाट महासचिव शंकर पोखरेल सहभागी हुने भएका छन् ।

काँग्रेसको महाधिवेशनमा शुभकामना दिन रास्वपा सभापति रवि लामिछाने, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, श्रमसंस्कृतिका आरेन राईलगायत सहभागी हुने भएका छन् ।

काँग्रेसले महाधिवेशन उद्घाटनका लागि निवर्तमान सभापति शेरबहादुर देउवालाई निम्ता गरेपनि उनी उपस्थित नहुने भएका छन् । काँग्रेसको परम्परामा सभापतिले नै उद्घाटन गर्ने रहेकाले सभापति गगन थापाले नै महाधिवेशन उद्घाटन गर्ने बताइएको छ । 

नेपाली कांग्रेसको १५ औं महाधिवेशन आज दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा शुरू हुदैछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै