• २०८३ असोज १७ शनिबार

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ९ को मृत्यु, १८२ जना घाइते

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ९ को मृत्यु, १८२ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ भने १८२ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश प्रदेशमा ३ तथा लुम्बिनी र कोशी प्रदेशमा २-२ जना को मृत्यु भएको छ भने काठमाडौँ उपत्यका र गण्डकी प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा १८२ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३६ जना घाइते भएका छन् भने कोशीमा ५६ जना, काठमाडौँ उपत्यकामा १२ जना, सुदूरपश्चिममा ६ जना, बागमतीमा १६ जना घाइते भएका छन् भने लुम्बिनीमा ३९ जना, कर्णालीमा ७ जना र गण्डकीमा १०  जना घाइते भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै