• २०८३ असोज १३ मंगलबार

मैत्रीपूर्ण खेलमा अस्ट्रेलियामाथि ब्राजिलको शानदार जित

मैत्रीपूर्ण खेलमा अस्ट्रेलियामाथि ब्राजिलको शानदार जित

काठमाडौँ । ब्राजिलले मैत्रीपूर्ण खेलमा अस्ट्रेलियालाई ४–२ ले हराएको छ ।

मंगलबार अस्ट्रेलियाको ब्रिस्बेनस्थित सनकर्प रंगशालामा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिल र अस्ट्रेलियाबीचको दुई मैत्रीपूर्ण खेलको सिरिज अन्तर्गत दोस्रो भेटमा ब्राजिल विजयी भएको हो । 

यस खेलमा ब्राजिलका लागि भान्डरसनले तेस्रो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि अस्ट्रेलियाले खेलमा फर्कँदै अग्रता लिए पनि राफिन्हाले पहिलो हाफको अन्त्यतिर बराबरी गोल गरे । दोस्रो हाफमा ब्रुनो गिमारेस र भिनिसियस जुनियरले गोल थपेपछि ब्राजिलले जित पक्का गरेको थियो । 

दुवैबीच यसअघि सेप्टेम्बर २५ मा भएको पहिलो मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै