• २०८३ असोज १३ मंगलबार

कांग्रेसको महाधिवेशन सर्यो, असोज १८ मा उद्घाटन हुने

कांग्रेसको महाधिवेशन सर्यो, असोज १८ मा उद्घाटन हुने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुने भएको छ ।

पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार वडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भइसकेपनि प्रदेश सभा क्षेत्रीय तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया केही निर्वाचन क्षेत्रमा जारी रहेको र देशका विभिन्न स्थानमा भारी वर्षाले उत्पन्न गरेको असहज परिस्थितिका कारण केही क्षेत्रमा अधिवेशन र प्रतिनिधि चयन प्रक्रिया पूरा हुन नसकेकाले महाधिवेशन दुई दिन पछि सारिएको छ ।

यसअघि काँग्रेसको महाधिवेशन असोज १६ गतेदेखि शुरु हुने तय भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै