Skip This
  • २०८३ असोज १२ सोमबार

झापामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा । झापाको बाह्रदशी गाउँपालिका–१ भागडुब्बास्थित सडकमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने पछाडि सवार एक जना घाइते भएका छन् ।

सोमबार बिहान भागडुब्बाबाट राजगढतर्फ आउँदै गरेको प्र.१–०१–००१ ख ३५२४ नम्बरको बसले विपरीत दिशाबाट जाँदै गरेको प्र.१–०१–०१४ प ११९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा बाह्रदशी गाउँपालिका–४ का १८ वर्षीय मोटरसाइकल चालक करण राजवंशी र पछाडि सवार सोही स्थानका १९ वर्षीय अजय राजवंशी घाइते भएका थिए। दुवैलाई उपचारका लागि बिर्तामोडस्थित बी एन्ड सी अस्पताल लगिएकोमा करणलाई चिकित्सकले दिउँसो १२: १० बजे मृत घोषणा गरेका थिए । घाइते अजयको अवस्था मध्यम रहेको छ ।

दुर्घटनामा संलग्न बस, मोटरसाइकल र बस चालक बाह्रदशी गाउँपालिका–१ सालघारीका करिब ४१ वर्षीय धनबहादुर खड्कालाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै