काठमाडौँ । आज प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठक बस्दैछ ।
समितिको बैठककक्ष, सिंहदरवारमा बिहान साढे ९ बजेदेखि शुरु हुने बैठकमा वि.स. २०८३ सालको दशैँ, तिहार, छठ लगायतका चाडपर्वमा यात्रु आवागमन सहज, सुरक्षित र व्यवस्थित बनाउने सम्बन्धमा छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।









