काठमाडौँ । मनाङको हिम्लुङ हिमालको आधार शिविर क्षेत्रमा हिमपहिरोमा परेका दुई जनाको शव फेला परेको छ ।
नेपाल प्रहरीले हिमपहिरोमा परेर बेपत्ता भएका दुई जनाको शव फेला परेको र अन्यको खोजी तथा उद्धार कार्य जारी रहेको जानकारी दिएको छ ।
रास्वपाका सांसदसमेत रहेका पर्वतारोही मिङ्मा डेभिड शेर्पाका अनुसार घटनापछि १४ जना अझै बेपत्ता छन् ।
उनले भनेका छन्- ' हिम्लुङ हिमाल क्षेत्रमा उद्धार कार्यका लागि मिङ्मा जी लगायतको उद्धार टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । उद्धार टोलीबाट प्राप्त जानकारीअनुसार, १४ जना अझै बेपत्ता छन् भने २ जनाको शव फेला परेको छ । बेपत्ताहरूको खोजी तथा उद्धार कार्यका लागि टोली हिमलुङ क्षेत्रमा पुगेको छ ।' आज देशका विभिन्न स्थानमा फरक–फरक प्रकृतिका विपद् तथा समस्याहरू सामना गर्नुपरिरहेको छ । यस्तो कठिन परिस्थितिमा सबैको सुरक्षा, बेपत्ताहरूको शीघ्र खोजी तथा उद्धार र प्रभावितहरूलाई आवश्यक सहयोग प्राप्त होस् भन्ने कामना गर्दछु । भगवान् पशुपतिनाथले सबैको कल्याण गरून् ।'
उद्धार टोली हिम्लुङ क्षेत्रमा पुगेर खोजी कार्य अघि बढाएको र सोही क्रममा दुई जनाको शव फेला परेको जनाइएको छ ।









