• २०८३ असोज ११ आइतबार

नारायणी पुलमा ठूला सवारी साधन रोकियो

नारायणी पुलमा ठूला सवारी साधन रोकियो

चितवन । नारायणी नदीको बहाव अत्यधिक बढेपछि गैंडाकोटस्थित नारायणी पुलमा ठूला तथा मालवाहक सवारी साधनको आवागमन रोकिएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार असोज ११ गते दिउँसो करिब १: १५ बजे नारायणी नदीको बहाव अत्यधिक बढेपछि गैंडाकोट नगरपालिका–२ स्थित नारायणी पुलको मुखमा पूर्व–पश्चिम राजमार्गमा आवागमन पूर्ण रूपमा बन्द गरिएको थियो ।

त्यसपछि दिउँसो १: ४० बजेदेखि लोड तथा ठूला सवारी साधनलाई आवागमनमा रोक लगाइएको छ। साना सवारी साधन तथा सर्वसाधारणलाई भने सम्झाइबुझाइ गरी आवागमन गर्न दिइएको प्रहरीले जनाएको छ ।

नारायणी नदीको बहाव बढिरहेकाले पुल क्षेत्रमा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै