• २०८३ असोज ११ आइतबार

दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्डमा २७ जनाको मृत्यु

दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्डमा २७ जनाको मृत्यु

काठमाडौँ । दक्षिण अफ्रिकामा केही घण्टाको अन्तरमा भएका दुई छुट्टाछुट्टै गोलीकाण्डमा २७ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।

जोहानेसबर्गनजिकै शनिबार साँझ एक मदिरालयमा आठ जना बन्दुकधारीले गोली चलाउँदा १७ जनाको मृत्यु र १५ जना घाइते भएका छन् ।

त्यस्तै, केप टाउननजिकै आइतबार बिहान मनोरञ्जनस्थलबाहिर भएको गोलीकाण्डमा १० जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

दुवै घटनामा गोली चलाउनुको कारण खुलेको छैन र आइतबार बिहानसम्म प्रहरीले कसैलाई पक्राउ गरेको छैन । दक्षिण अफ्रिकामा गैरकानुनी हतियार तथा समूहगत हिंसाका कारण गोलीकाण्ड र हत्याका घटना लामो समयदेखि चुनौतीका रूपमा रहँदै आएका छन्।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै