• २०८३ असोज ११ आइतबार

पाल्पामा घर पुरिँदा वृद्धको मृत्यु

पाल्पामा घर पुरिँदा वृद्धको मृत्यु

पाल्पा । पाल्पाको माथागढी गाउँपालिका–२ रुक्सेमा बारीको ढिस्को खस्दा घर पुरिएर ७५ वर्षीय शेरबहादुर चिडी मगरको मृत्यु भएको छ ।

आइतबार बिहान करिब २: ३० बजे बारीको ढिस्को खसेर शेरबहादुरको घर पुरिएको थियो । घरभित्र रहेका उनलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल तानसेन लगिएको थियो ।

उपचारका क्रममा बिहान ९: ०५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । घरमा रहेका अन्य चार जना भने सुरक्षित रहेको जनाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै