• २०८३ असोज १० शनिबार

सीएनएनलाई ट्रम्पको भ्रमणमा एयर फोर्स वनमा जान रोकियो

सीएनएनलाई ट्रम्पको भ्रमणमा एयर फोर्स वनमा जान रोकियो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा सीएनएनलाई एयर फोर्स वनमा यात्रा गर्न ह्वाइट हाउसले रोक लगाएको छ ।

सीएनएन त्यस दिन प्रमुख अमेरिकी टेलिभिजन सञ्जालहरूको पालोअनुसार राष्ट्रपतिको भ्रमणको समाचार संकलन गर्ने जिम्मेवारीमा थियो ।

सीएनएनसहित पाँच प्रमुख टेलिभिजन सञ्जालले पालैपालो राष्ट्रपतिको गतिविधि खिचेर अन्य सञ्चारमाध्यमलाई उपलब्ध गराउने व्यवस्था गरिएको थियो । अदालतले यसअघि सीएनएन, एमएस नाउ र पोलिटिकोलाई ह्वाइट हाउस प्रवेशमा लगाइएको प्रतिबन्ध कार्यान्वयन नगर्न आदेश दिएपछि शुक्रबारबाट उक्त सञ्चार समूहको समाचार संकलन पुनः सुरु भएको थियो ।

तर शनिबारको टेनेसी भ्रमणका लागि सीएनएनलाई पुनः एयर फोर्स वनमा जान नदिइएपछि टेलिभिजन समाचार संकलनको पालो प्रणाली फेरि प्रभावित भएको छ । यसअघि सीएनएनमाथि प्रतिबन्ध लगाएपछि अन्य प्रमुख टेलिभिजन सञ्जालले पनि पालोअनुसारको भिडियो संकलन रोक्दै सीएनएनको पहुँच पुनःस्थापित हुनुपर्ने बताएका थिए ।

सीएनएन, एमएस नाउ र पोलिटिकोले ह्वाइट हाउसको प्रतिबन्धविरुद्ध अदालतमा मुद्दा दायर गरेका छन् । अदालतले उनीहरूलाई प्रारम्भिक आदेशका लागि निवेदन दिन सोमबारसम्मको समय दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै