तेह्रथुम । २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लालीगुराँस नगरपालिका-७ लसुने बजार बस्ने भारत घर भएका ६३ वर्षीय भरत साहलाई प्रहरीले पक्राउ गरेको छ ।
भरतले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बसन्तपुर समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।









