• २०८३ असोज २ शुक्रबार

विपिन र मिरुनाको मुख्य भूमिका रहेको ‘बखत्ते' को शुभमुहूर्त

विपिन र मिरुनाको मुख्य भूमिका रहेको ‘बखत्ते' को शुभमुहूर्त

काठमाडौं । आशिष तामाङ र प्रदीपजी धामीले निर्माण गर्न लागेको नयाँ चलचित्र ‘बखत्ते’को शुक्रबार ललितपुरस्थित महालक्ष्मी मन्दिर परिसरमा शुभमुहूर्त गरिएको छ ।

आन्भी फिल्म्सको प्रस्तुतिमा बन्ने चलचित्रमा कबड्डी फिल्म्सको सहकार्य रहनेछ। चलचित्रको निर्देशन तथा लेखन उपेन्द्र सुब्बाले गर्नेछन् ।

चलचित्रको मुख्य भूमिकामा विपिन कार्की र मिरुना मगर रहनेछन्। त्यस्तै शिशिर बाङ्देल, अनुराग कुँवर, विनोद न्यौपाने, अनिल सुब्बा, शारदा गिरी, उषा किरण अधिकारी, मिस्री थापा, सुगम दुलाल, सहिष्मा खड्का, अनिशा काफ्ले र बालकलाकार रिन्जेन लामालगायत कलाकारको अभिनय रहनेछ ।

निर्देशक सुब्बाले लामो समय लिएर चलचित्र निर्देशन गर्न लागेको भन्दै कथा दर्शकले रुचाउने विश्वास व्यक्त गरेका छन् । उनले इमान्दारीपूर्वक कथा लेखेको र चलचित्र पनि त्यही भावनासहित निर्माण गर्ने बताएका छन् । उनको पछिल्लो निर्देशित चलचित्र ‘जारी २’ हो ।

चलचित्रका निर्माता आशिष तामाङ र प्रदीपजी धामी हुन् भने युवराज काफ्ले कार्यकारी निर्माता तथा अञ्जु पाण्डे र पुष्कर घिमिरे सहनिर्माता रहेका छन् ।

पुरुषोत्तम प्रधानको छायांकन रहने चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गर्नेछन्। ध्वनि संयोजन उत्तम न्यौपानेले गर्नेछन् । चलचित्रमा शुसान्त गौतम, प्रशान्त सिवाकोटी र समीर खरेलको संगीत रहनेछ भने गीत युवराज काफ्ले र दानबहादुर कार्कीले लेखेका छन् ।

चलचित्रको उत्पादन व्यवस्थापन दिलीप पन्त र रबिन बखरेलले सम्हाल्नेछन्। मेकअप तथा कपाल सज्जा स्वस्तिका श्रेष्ठले गर्नेछिन् । चलचित्रको काठमाडौंमा एप्पल इन्टरटेनमेन्ट र काठमाडौं बाहिर कुबेर सिने डिस्ट्रिब्युसन्सले वितरण गर्ने जनाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै