• २०८३ असोज २ शुक्रबार

ज्यामिरेघाटको पहिरो हटाइएपछि पृथ्वी राजमार्गमा यातायात सुचारु

ज्यामिरेघाटको पहिरो हटाइएपछि पृथ्वी राजमार्गमा यातायात सुचारु

धादिङ । पृथ्वी राजमार्गको ज्यामिरेघाटनजिक चौकीभीरमा पहिरो हटाइएपछि यातायात सुचारु भएको छ ।

चौकीभीरको सडकखण्डमा गएरातिदेखि पहिरो खसेपछि यातायात अवरुद्ध भएको थियो। सडक योजनाले निर्माण व्यवसायीका मेसिन तथा उपकरण परिचालन गरी पहिरो हटाएपछि यातायात सञ्चालनमा आएको नागढुंगा–मुग्लिन सडक योजनाले जनाएको छ ।

सडकमा निर्माण कार्यसमेत जारी रहेकाले तथा वर्षायाममा पहिरो र लेदो खस्ने जोखिम रहने भएकाले यात्रु तथा सवारी चालकलाई सावधानी अपनाउन सडक आयोजनाले आग्रह गरेको छ । यात्रा गर्दा लेन अनुशासन पालना गर्न र संयमित भएर सवारी चलाउनसमेत अनुरोध गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै