• २०८३ असोज २ शुक्रबार

श्रीलंकन कप्तान असलंका विराटनगरबाट एनपीएल खेल्ने

श्रीलंकन कप्तान असलंका विराटनगरबाट एनपीएल खेल्ने

काठमाडौँ  । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि विराटनगर किंग्सले श्रीलंकाका वर्तमान टी-२० कप्तान चरिथ असलंकालाई अनुबन्ध गरेको छ ।

विराटनगरले असलंकालाई भित्र्याएको औपचारिक घोषणा गरेको हो ।  २९ वर्षीय असलंकाले श्रीलंकाका लागि हालसम्म ७७ टी-२० अन्तर्राष्ट्रिय खेल खेल्दै १४६६ रन बनाएका छन् ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरमा लोकेश बम, बसिर अहमद, नारायण जोशी, प्रतिश जिसी, सुबास भण्डारी, सुजन थपलिया, अपराजित पौडेल, प्रतिक श्रेष्ठ, रुपेश कुमार सिंह, नरेन साउद, दिलसाद अली र इमरान सेखलगायतका घरेलु खेलाडी रहेका छन् ।

एनपीएलको तेस्रो संस्करण आगामी कात्तिक ९ देखि मंसिर ५ सम्म अर्थात अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म हुने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै