• २०८३ असोज १ बिहीबार

देउवालाई महाधिवेशनमा सहभागी गराउन सबै प्रयास गर्छु- गगन थापा

देउवालाई महाधिवेशनमा सहभागी गराउन सबै प्रयास गर्छु- गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले पूर्व सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गर्ने कुरा हाम्रो लागि गर्वको विषय हुने बताएका छन् ।

काँग्रेसको केन्द्रीय समितिको बैठकमा बोल्दै सभापति थापाले असन्तुष्ट रहेका केन्द्रीय सदस्यहरुलाई स्वागत गर्दै सबै मिलेर असोज १६ गतेसम्म देउवासहितका नेताहरुलाई महाधिवेशनमा सहभागी गराउन प्रयास गर्ने बताएका छन् । देउवाप्रति आफ्नो सम्मान रहेको र महाधिवेशनमा ल्याउन प्रयास गर्ने बताएका हुन् । 

सभापति थापाले यस बिचमा भएका तिता मिठा कुराहरुलाई बिर्सेर अगाडी बढ्न सबै नेता कार्यकर्ताहरुलाई आग्रह गरेका थिए ।

महाधिवेशनको मिति सार्ने विषयमा पनि नेताहरुसँग छलफल भएपनि पार्टीको विधान र संबिधानका प्रावधानले त्यो सम्भव नभएको बताए । उनले अहिले बैठकमा नआएका १४औं महाधिवेशनले निर्वाचित गरेका केन्द्रीय सदस्यहरुलाई पनि महाधिवेशनमा सहभागी हुन आव्हान गरेका छन् । उनले भने- 'मेरो आदरणीय नेता शेरबहादुर देउवालाई विशेष आग्रह छ, अब महाधिवेशनमा सहभागी नहुने कुनै कारण छैन ।'

सभापति थापाले पार्टीमा सबैको योगदान बराबर रहेको भन्दै महाधिवेशन सहभागी भएर पार्टीको जारी विवादबाट बाहिर निस्कनुपर्ने बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै